ब्राजिलका राष्ट्रपतिमा पनि कोरोना संक्रमण

इन्भेष्टोपेपर । असार २४, २०७७

ब्राजिलका राष्ट्रपति जैर बोल्सनारोमा पनि कोरोना भाइरसको संक्रमण देखा परेकाे छ । जैयर बोलसनोरोले ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गर्नुभएकाे हाे ।

पत्रकारसंगकाे कुराकानीमा उँहाले भन्नुभयाे, म ठीक छु, म सामान्य छु । म हिड्नसम्म जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन ।  ब्राजिलका राष्ट्रपतिले मंगलबार आफ्नो चौथो परीक्षामा पोजेटिभ देखिएको थियो । 

राष्ट्रपति जैरलै मंगलवार अमेरिकन राजदूत तथा कूटनीतिज्ञहरूसंग छलफलमा व्यस्त हुनुहुन्थ्याे । उहाँहरू बिच निकट सम्वन्धमा रहेर छलफलमा भाग लिइरहेकाे फाेटाेहरू प्रकाशित भएका छन् ।

राष्ट्रपति ज्यायर बोलसनोरोले संक्रमण रोक्नको लागि गरिएको लकडाउनको विरोध गर्दै अाउनु भएकाे थियाे र यसै मतभेदका कारण २ जना स्वास्थ्य मन्त्रीले राजिनामा दिइसक्नु भएकाे छ । उहाँ काेराेना भाइरसभन्दा आर्थिक संकट र देशको अर्थतन्त्रका बारे बढी चिन्तित हुनुहुन्छ ।

ब्राजिलमा अमेरिकापछि कोरोनाले सबैभन्दा बढी प्रभावित छ ।  यहाँ १६ लाख ७४ हजार ६ सय ५५ जना संक्रमित देखिएका छन भने ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।  

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *