कुरुतीलाई तोड्दै शव बोकेर घाटसम्म

इन्भेष्टोपेपर । कार्तिक ६, २०७८

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै तनहुँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए ।

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताउनुभयो । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उहाँले बताउनुभयो ।

महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताउनुभयो । सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृत्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै शव बोकेर घाटसम्म पु¥याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *