५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

न्भेष्टाेपेपर । असार २७, २०८१

काठमाडौँ ।  वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो । 

यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् । विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिनुुभयो । 

उहाँका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो । 

उहाँले भन्नुुभयो, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।” याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *