अपर हेवाखोला हाइड्रोपावरको साधारणसभा सम्पन्न

न्भेष्टाेपेपर । असार २७, २०८१

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको सिफारिसमा स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भीमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ ।

त्यस्तै रिक्त सर्वसाधारणतर्फको सञ्चालकमा इन्द्रप्रसाद लामिछानेलाई चयन गरिएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को आर्थिक लगायतका वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । कम्पनीले ८ दशमलव ५ मेगावाटको अपर हेवाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *