उप-निर्वाचन : इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

न्भेष्टाेपेपर । वैशाख १८, २०८१

काठमाण्डाैँ । प्रतिनिधि सभाकाे लागि भएकाे उप-निर्वाचन इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ फराकिलाे मतान्तरले विजयी हुनुभएको छ । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्दीभन्दा ५ हजार ८३० मत बढी पाउनुभयाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२    मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित हुनुभएको थियो । 

सुहाङसँगै चुनावी मैदानमा रहनुभएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत   पाउनुभएको छ । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *