पिसाबले पोल्ने कारण, लक्षणहरू तथा घरेलु उपचार
Investopaper, असार ०३, २०७६
गर्मीकाे समयमा हाेस वा अरू जुनसुकै बेलामा हाेस यदी, शरीरमा पानीको मात्रा कम हुँदा पिसाबले पोल्न सक्छ। पिसाब पोल्नु, पिसाब गर्दा पिडा हुनु जस्ता समस्या अन्य रोगको संकेत पनि हुनसक्छन् । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारणहरूले पनि समस्या आएको हुनसक्छ ।
पिसाबले पाेलेकाे अवस्थामा तल यल्लेखित घरेलु उपचार अपनाइ हाल्नु पर्दछ । यदी घरेलु उपचारले निवारण नभएकाे अवस्थामा चिकित्सककाे परामर्श लिन ढिलाइ गर्नु हुदैन ।
पिसाब पोल्ने कारणहरू :
- मधुमेह
- मुत्रनलीको संक्रमण
- कलेजोसम्बन्धी रोग
- मेरुदण्डमा चोट
- शरीरमा पानीको मात्रा कम
- मुत्रमार्गमा संक्रमण
- मृगौलामा पत्थरी हुनु
लक्षणहरू :
- मुत्राशयमा पीडा हुनु
- पिसाब गन्हाउनु
- पिसाबको रंग गाढा पहेँलो हुनु
- पटक पटक तर थोरै पिसाब आउनु
- पिसाब राेक्न गाह्राे हुनु
घरेलु उपचार :
- पर्याप्त पानी पिउनुहोस्। यसले मुत्राशयमा रहेको हानिकारक ब्याक्टेरिया पिसाबको माध्यमबाट बाहिर निकाल्छ।
- सिट्रिक एसिड अधिक भएको फल खानुहोस्। यसले ‘युरिन इन्फेक्सन’ गराउने ब्याक्टेरिया नष्ट हुन्छ।
- राति एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुहोस्।
- पिसाब पोल्ने समस्यामा अनारको जुस पिउनु पनि लाभदायक हुन्छ।
- सुकुमेल र बदामलाई मिश्रीसँग मिलाउर एक गिलास पानीको साथमा पिउने गर्नुहोस्।
- चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ। नरिवलको पानी निकै उपयोगी मानिन्छ।
- सरसफाइमा ध्यान दिनुहोस् । दिनमा तीन चार पटक गुप्ताङ्ग धुनुहोस्।
-एजेन्सी
