मेराे शेयरकाे माई पोर्टफाेलियाे सुविधा बन्द, समस्या समाधानार्थ कार्य हुँदै

इन्भेष्टोपेपर । भाद्र १८, २०७७

सिडीएस एण्ड क्लियरिङले विगत केही दिनदेखि प्राविधिक समस्याका कारण मेरो शेयरको माई पोर्टफाेलियाे सुविधा बन्द गरेकाे सूचना जारी गरेकाे छ।

सिडीएस एण्ड क्लियरिङका अनुसार मेरो शेयरको माई पोर्टफाेलियाेमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य प्राप्त हुन नसकेका कारण साे सुविधा बन्द गरिएकाे हाे ।

उक्त प्राविधिक समस्या समधानको लागि आवश्यक कार्य भइरहेको तथा यसबाट समस्त ग्राहक वर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छ भनि सिडीएससीले मेराे शेयरमा जनाएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *