ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष सुविधा दिन केन्द्रीय बैंकको निर्देशन

इन्भेष्टाेपेपर ।  जेष्ठ ९, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो । 

इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ‘एटीएमलाउन्ज’ भएका स्थानमा ब्रेललिपिका संकेत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ ।

आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपांगता  भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

यसैगरी, अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । साथै कार्यालय समयका अतिरिक्त समयमा काम गर्न कर्मचारी बाध्य नहुने र बाध्य पार्न नपाइनेसमेत निर्देशनमा उल्लेख छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *