युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर

इन्भेष्टाेपेपर ।  जेष्ठ ९, २०८३

मस्को ।  युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रूसी बन्दरगाहस्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताउनुभएको छ । युएभी (मानव रहित हवाई ड्रोन)को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उहाँले जनाउनु भएको छ । 

उहाँका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनमा आगलागी भएको थियो भने ड्रोनका टुक्रा इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राममार्फत जनाउनु भएको छ । नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोन रोकेको बताएको छ । सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरेदेखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भू-भागभित्र नियमितरूपमा आक्रमण गर्दै आएको छ । किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधालाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमण गरिरहेको बताएको छ । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *