सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८

काठमाण्डाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ ।

उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *