आजदेखि सर्वसाधारणकाे लागि ग्रीन भेन्चर्सको आईपीओ निष्कासन तथा विक्री खुला

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज (मंगलवार) देखि सर्वसाधारणकाे लागि निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ गर्न लागेको हो । 

निष्कासन गरिने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

यो आईपीओ छिटोमा चैत ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत २२ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन मेराे शेयर मार्फत अनलाइन तथा सि-आश्वा प्राप्त सबै वित्तिय सस्थाहरूबाट भर्न सकिने छ ।

कम्पनीले ओखलढुङ्गामा लिखु–४ जलविद्युत् आयोजना (५२ दशमलव ४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *