सि.बि.आई.एल.क्यापिटलको अध्यक्षमा काफ्ले

न्भेष्टाेपेपर ।  पुष २६, २०७९

काठमाण्डाैँ । सि.बि.आई.एल.क्यापिटल लि.काे विशेष साधारण सभाबाट नियुक्त हुनुभएका संचालकहरु मध्ये सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहनुभएका पारस कुमार काफ्ले अध्यक्षमा चयन हुनुभएकाे छ । काफ्लेलाई यही २४ गते बसेको १०५ औं संचालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्ति गरेको हाे ।

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लि.तर्फबाटअन्य संचालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोषतर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको समेत उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक,लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.बि.आई.एल.क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *