एमाले महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई

इन्भेष्टोपेपर । मंसिर १२, २०७८

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ ।    
    
अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५/२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नुहुनेछ । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्नुहुने जनाउनुभयो । 

सो प्रस्तावलाई उपाध्यक्ष डा भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराउनुभयो । आजको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गर्नुभयो । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाउनुभयो ।    
    
महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि आज नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए । बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताउनुभयो ।

उहाँले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सवैलाई रहेको बताउनुभयो । बन्दसत्र आज आइतबार १० बजे पुनः सञ्चालन हुनेछ । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *