चाणक्य नीति अवलम्बन गरि छोराछोरीलाई असल कसरी बनाउने ?
इन्भेष्टोपेपर । असार ५, २०७७
जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त जस्तो सामान्य बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए ।
आचार्य चाणक्यले नीतिशास्त्रको रचना गरेका थिए । यही शास्त्रकाअनुसार हरेक बाबुले ध्यान राख्नु पर्ने केही नीतिबारे जानी राखौँ ।
चाणक्य नीतिको दोस्रो अध्यायको दशौँ नीतिमा त्यस्तो बाबु बुद्धिमान हो जो आफ्नो छोराछोरीलाई सबै किसिमको शुभ गुण तथा संस्कारबारे शिक्षा दिन्छ भनिएको छ । नैतिकवान तथा शालिन व्यक्तित्व भएको मानिसलाई नै कूलमा पूजा गरिन्छ ।
चाणक्य भन्छन्, बच्चाको पालनपोषणमा कत्ति पनि लापरबाही गरिनु हुँदैन । किन कि सन्तानको गलत कार्यका कारण बाबुले समाजमा अपमानित हुनुपर्ने हुन्छ । सन्तानले राम्रो काम गरेको खण्डमा उनीहरु आफैले पनि मान सम्मान प्राप्त गर्ने छन् भने बाबुले पनि सम्मान पाउनेछन् । संस्कारी बच्चालाई कूलमा पूजा गरिनेछ ।
आचार्य चाणक्यका अनुसार मानिसकाे जीवनमा संगतकाे निकै ठूलाे महत्व हुन्छ । अझ बालवालिकामा त तरून्त प्रभाव देखापर्छ । पानीकाे उदाहरण दिदै चाणक्य नीतिमा लेखिएकाे छ, यदी पानीकाे छिटा ताताे तावामा राखिदिदा वाष्प बनेर उडछ, कमलकाे फूलमाथि पर्दा माेति सरह टल्किन्छ, सर्पकाे मुखमा परे विष बन्दछ भने मृत्युशैयामा रहेकाे मानवकाे मुखमा पर्दा पवित्र जल बन्दछ ।
तसर्थ जस्ताे संगतमा गइन्छ त्यही अनुसारकाे आचरण पनि बन्दै जान्छ । जुन व्यक्तिले यी नीतिप्रति ध्यान राख्छन्, उसको घरमा सुख–शान्ति सधैँ भइरहने चाणक्यको नीतिमा उल्लेख छ ।
— एजेन्सीकाे सहयाेगमा