हल्का वर्षाको सम्भावना

इन्भेष्टाेपेपर ।  कार्तिक ७, २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ  । 

उक्त मौसमी प्रणालीको प्रभावले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 हाल प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

 दिउँस प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *