छिमेक लघुवित्तले गर्याे १५ प्रतिशत लाभांशकाे प्रस्ताव

न्भेष्टाेपेपर । मंसिर २०, २०८१

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । गत वर्ष पनि कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *