१०० मि. अग्लाे, २४ तले काठकाे घर बनाएर चीनले बनायो विश्व रेर्कड
इन्भेष्टाेपेपर । कार्तिक ०८, २०७७
चीनको गुइझो प्रान्तको यिंग्सन शहरमा ९९.९ मिटर अग्लो काठको भवनले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा स्थान हासिल गरेको छ ।
विश्वको पहिलो काठको भवन, सब भन्दा अग्लो र वास्तुकलाका अनुसार यो तीन वटा वर्गमा विश्व रेकर्डमा समावेश छ । यो भवन २४ तलाको छ । यसमा १५० भन्दा भेरै कोठाहरू निर्मित छन् । याे भवन दुई बर्षमा सम्पन्न गरिएको हो ।
वास्तुकार डिजाइनको आधारमा निर्माण गरिएको छ । यसमा देवदारको काठको प्रयोग गरीएको छ । यसको छत र भित्ताहरू पनि काठले बनेका छन् । यो पूर्ण रूपमा पर्यावरण अनुकूल रहेको छ ।
— एजेन्सीकाे सहयाेगमा
