इन्द्रजित मिजारको स्वर तथा राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक
इन्भेष्टाेपेपर । कार्तिक ०८, २०७७
गायक इन्द्रजित मिजारको स्वर तथा महानायक राजेश हमालकाे अभिनय रहेकाे ’जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चलचित्र देउतामा समावेश ’अब यो बाटो मेरो हो ’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गर्नुभएको हो । नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसीको अभिनय रहेको छ ।
यस म्यूजिक भिडियाेमा गोपाल लोहारको शब्द, सुरेश अधिकारीको सङगीत रहेको छ भने चन्द सिंहले संगीत संयोजन गर्नुभएको हो । समी श्रेष्ठले कोरियोग्राफी गरेको भडियोलाई श्याम तामाङकाे छायांकन रहेकाे छ ।
गीतकार लोहारको अफिसिएल च्यानल ’गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
