चिनियाँ राजदूत चाङ ७ सदस्यीय टोलीसहित लोमान्थाङमा

इन्भेष्टाेपेपर । आश्विन १८, २०८३

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित ७ सदस्यीय टोली  कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ  पुगेको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्नुभयाे, ‘चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन ।’

 उहाँ तीनदिने  भ्रमणमा लोमान्थाङ पुग्नुभएकाे हाे, टोलीमा ५ जना चिनियाँ रहेका र आज  लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आउनुभएकाे हाे।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई  अर्थपूर्ण मानिएको छ ।  

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक  ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *