अदालतका नासु पक्राउ
Investopaper, कार्तिक २४, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम,मुसिकोटमा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई घूससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले निजलाई अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी सेवाग्राहीबाट रू. १५ हजार लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
