राष्ट्रिय बीमा संस्थान द्वारा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

Investopaper, कार्तिक २४, २०७६ 

राष्ट्रिय वीमा संस्थान द्वारा विराटनगरमा आयाेजना गरिएकाे जीवन वीमा अभिकर्ताकाे आधारभुत तालिम सम्पन्न भएकाे छ । उक्त तालिम यही कार्तिक २१ गतेदेखि २३ गतेसम्म संचालन गरिएकाे थियाे ।

सरकारी स्वामित्वमा रहेकाे एक मात्र जीवन वीमा संस्थानले व्यवसाय अभिबृद्धीकाे लागि नयाँ अभिकर्ताहरुको प्रशिक्षणमा आक्रामक रुपमा अघि बढने जनाएकाे छ । कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिशाको विषयमा सहभागिहरुलाई प्रशिक्षित गराउनुभएकाे थियाे।

याे तालिम कार्यक्रममा जम्मा ३३ जना सहभागिहरूलाइ तीन दिनसम्म वीमा व्यबसाय सम्वन्धी विविध जानकारी गराइएकाे थियाे ।

प्रशिक्षण/तालिममा समाबिष्ट बिषयहरू –

  • बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु
  • बीमा सम्बन्‍धी हाल नेपलमा लागु भएका एन, नियमावली तथा विनियमहरु
  • राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु
  • राष्ट्रिय बीमा संस्थानमा कार्यरत अभिकर्ताहरुको सेवा तथा सुविधाहरु
  • बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय बृद्धिका तरिकाहरु

संस्थानले यस लगत्तै यही कार्तिक २४ देखि २६ गते सम्म यस्तै प्रकारकाे जीवन बीमा अभिकर्ताको आधारभुत तालिम कार्यक्रम झापाकाे विर्तामोडमा संचालन गर्ने जानकारी गराएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *