न्यूनतम कर्मचारी र सीमित शाखाबाट सेवा संचालन गर्न राष्ट्र बैंककाे निर्देशन
इन्भेष्टोपेपर । भाद्र ०४, २०७७
काठमाडौं उपत्यकाका निषधाज्ञ लागू भएपछि बैंकिङ सेवा प्रवाहका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई पाँच बुदे निर्देशन जारी गरेको छ ।
बैंकहरुले आफ्ना सिमिति शाखा खोल्ने र न्यूनतम कर्मचारीलाई आलोपालो काममा खटाउँदा जाेखािम न्यूनिकरणमा सघाउ पुग्ने निर्क्याैलसहित यस्ताे परिपत्र जारी गरिएकाे हाे ।
राष्ट्र बैंक अनुसार विद्यिुतिय माध्यमबाट कारोबार गर्न नागरिकलाई प्रोत्साहन गर्ने, नगद झिक्ने र राख्ने तथा अत्यावश्यक सेवा खरिद बिक्रिका लागि एलसी लगायतका सेवा सुचारु राख्न भनेको छ ।
त्यस्तै, टीटी खोल्ने, अन्तराष्ट्रिय व्यापारसँग सम्बन्धी काम लगायतका सेवा प्रदान गर्न सिमित शाखाहरु सिमित अवधीका लागि खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । त्यस्तै, खुल्ने तथा बन्द रहने शाखाहरुको विवरण बैंकको वेभसाइटमा राख्नुपर्ने नियम पनि राष्ट्र बैंकले लगाइदिएको छ ।

