खानीखोला हाइड्राेकाे हकप्रद शेयर विक्री प्रबन्धक सिटिजन्स क्यापिटल

न्भेष्टाेपेपर । असाेज ६, २०८०

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनी लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।  सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनीबीच साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्धसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा खानीखोला तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानीखोलाको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, खानीखोला अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानीखोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थितरहेका छ र क्रमस  ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै संचालनमा आईसकेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *