पानी पिउनुकाे महत्व तथा कमी भएमा देखिने स्वास्थ्य समस्या

न्भेष्टाेपेपर । असाेज ६, २०८०

शरीर स्वस्थ राख्नका लागि प्रशस्त पानी पिउनुपर्छ । पानीको कमी हुँदा डिहाइड्रेसन हुन सक्छ, मुड परिवर्तन हुने, अत्यधिक गर्मी महसुस हुने, कब्जियत र किड्नीमा समस्या देखिनेसमेत हुन सक्छ ।

दैनिक कति पानी पिउने ?

औसतमा एउटा मानिसले दैनिक दुईदेखि तीन लिटर पानी पिउन जरुरी छ । यद्यपि, व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यअनुसार यसमा फरक पर्न सक्छ । एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ ।

शरीरमा पानी कम भएमा देखिने लक्षणः

पानीको कमी हुँदा तिर्खा लाग्छ, पिसाब पहेँलो हुन्छ । पिसाब पहेँलो भएको छैन भने पानी पुगेको छ भनेर बुझ्नुपर्छ । पानीको कमीले ब्लडप्रेसर घटेर मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन सक्छ ।

पानीको कमीले मुख सुक्खा हुने, बान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने, पेटको समस्या देखिने आदि समस्या देखिन सक्छ । अत्यधिक गर्मी भएका वेला, पसिना धेरै बगेको वा शरीर अत्यधिक सक्रिय भएको वेला आवश्यकताअनुसार पानीको मात्रा पनि बढाउनुपर्छ । 

पानीकाे आवश्यकता किन ?

  • शरीरकाे तापमान नियन्त्रणमा राख्न,
  • पाचनतन्त्र बलियो बनाउन,
  • अंगहरूलाई सक्रिय बनाउन,
  • हाडजोर्नीलाई नरम बनाउन,
  • समस्त काेषहरूमा पोषण पु¥याउन,
  • शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न,
  • पानीको कमीले विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिन सक्छ । 

के गर्ने ?

१) दिनमा पटक–पटक गरेर कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउने, जुस र फलफूल खाने ।
२) अल्कोहलजन्य खानेकुरा नखाने । 
३) अन्य थप समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम गर्ने ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *