तावाङ क्षेत्रमा भारत र चीनका सेनाबीच झडप

न्भेष्टाेपेपर ।  मंसिर २७ २०७९

एजेन्सी । भारत र चीनका सेनाबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको तावाङ क्षेत्रमा गत हप्ता झडप भएको खुलेको हो ।

दुवै देशका सेनाले लाठीको प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवैतर्फका सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले सैनिक स्रोत उल्लेख गर्दै भनेको छ ।

भारत र चीनबीच लदाखको गलवान क्षेत्रमा सन् २०२० मा झडप भएको थियो । त्यतिबेला ठूलो संख्यामा सैनिक मारिएका थिए । त्यसयता पहिलोपटक झडप भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *