कक्षा १२ को सबै संकायकाे रिजल्ट सार्वजनिक (नतिजा यसरी हेर्नुहाेस)
Investopaper, श्रावण १३, २०७६
माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा (कक्षा १२) को नतिजा भर्खरै प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले भर्खरै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशनका लागि साँझ ५ बजेदेखि बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।
गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वोर्डले कक्षा १२ को नतिजा जि।पी।ए का आधारमा प्रकाशन गर्दै आएको छ ।
सम्पूर्ण विद्यार्थीहरूकाे ग्रेडिग यस प्रकार रहेकाे छ ।

प्रकाशित नतिजा हेर्नकाे लागि यहा क्लिक गर्नुहाेस ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
