चुरोट पिउनाले स्वास्थ्यमा कस्ताे असर पर्छ त ? हेर्नुहाेस २० कारण

Investopaper, श्रावण १३, २०७६ 

भन्न त सबैले भन्छन न त चुराेटले पेट भरिन्छ न त कुनै स्वाद नै हुन्छ । चुराेटकाे लत लागेपछि छुटाउन अति गाह्राे, अनि तिनै अम्मलीहरू भन्न थाल्छन चुराेटकाे तलतल भनेकाे खाना भन्दा पनि बढी नै हुन्छ ।

चुराेट सेवनले प्रयाेगकर्तालाइ मात्र नभएर वरिपरी बसेका सबैलाइ असर गर्दछ । जति खतरनाक सूचना जारी गरेपनि, जति भाउ बढाए पनि र जान्दाजान्दै चुराेटकाे खपत भैरहेकाे छ । कसैले कुलतले गर्दा त कसैले शानकाे रूपमा पनि सेवन गर्ने गरेकाे पाइन्छ ।

अाज हामी चुराेट सेवनले हाम्राे स्वास्थ्यमा पार्ने असरहरूका बारेमा २० वुंदामा उल्लेख गर्दैछाै । यस्ता सयाै कारणहरू छन जसले गर्दा धुमपान गर्नु हुदैन । तीनै कारणहरू मध्ये २० कारण यस प्रकार छन् ।

१. चुरोट सेवन गर्ने ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुन्छ।

२. चुरोट सेवनले महिलामा बाँझोपनको समस्या दोब्बर हुन्छ।

३. चुरोट सेवनले हड्डी कमजोर बनाउँछ।

४. चुरोट सेवनले आर्थिक भार थप्छ।

५. हेरोइन र रक्सीभन्दा पनि निकोटिनको लत कडा हुन्छ।

६. चुरोट सेवनले बढी तनाब र ‘डिप्रेसन’ हुने सम्भावना बढाउँछ।

७. शरीरमा भएको एन्टिअक्सिडेन्ट पनि चुरोट सेवनले घटाँउछ।

८. चुरोट सेवनले उच्च रक्तचाप हुन्छ। जसले गर्दा स्ट्रोक र हृदयघातको सम्भावना बढी हुन्छ।

९. चुरोट छोड्नाले दुईदेखि चार वर्षभित्र स्ट्रोक र हृदयघातको सम्भावना न्यून हुन्छ।

१०. चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ।

११. चुरोट सेवनले श्रवण श्क्तिमा असर गर्छ।

१२. चुरोट सेवनले मुख गन्हाउने र गिजाको रोग लाग्छ। दाँत नि छिटो झर्न सक्छ।

१३. बच्चालाई हुने क्यान्सरमा १५ प्रतिशत आमाले सेवन गरेको चुरोट नै मुख्य कारण हो।

१४. चुरोट सेवनले कोरोनरी मुटु रोग हुन्छ।

१५. चुरोट छोडेको १० वा १५ वर्षभित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ।

१६. चुरोट सेवनले थकान र टाउको दुखाइ बढ्छ।

१७. चुरोट सेवनले नै ८० प्रतिशत जति स्वासप्रस्वासको रोग हुन्छ।

१८. चुरोट सेवनले तपाईंको सुँघ्न सक्ने र चाख्ने शक्ति पनि ह्रास भएर जान्छ।

१९. चुरोट सेवनले मानिसको सातदेखि आठ वर्षजति आयु घटाउँछ।

२०. बेलायतमा मात्र बर्सेनी एक लाख १४ हजार मनिसको मृत्यु चुरोट सेवनका कारण हुन्छ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *