संविधान दिवसको अवसरमा कामना सेवाको सरसफाई तथा अन्य कार्यक्रम
Investopaper, असाैज ०३, २०७६
आज संविधान दिवसकाे अवसरमा कामना सेवा विकास बैकले देशभर सरसफाई लगायत विभिन्न कार्यक्रमहरूकाे आयाेजना गरि मनाएकाे छ ।
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।
केन्द्रीय कार्यालय लगायत विभिन्न कार्यालयका कर्मचारीहरू सरसफाईमा सहभागी हुदै –



यसैगरि, संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा OD CARD सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।


ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जानकारी गराएकाे छ।
