खाना पकाउने ग्यासको मूल्य घट्यो
Investopaper, असाैज ०३, २०७६
काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि केही घटेर अाएकाेले यहाँ पनि मूल्य घटाइएकाे हाे ।
निगमले जारी गरेकाे विज्ञप्ति अनुसार बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको हुँदा नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।
भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने अभिप्राएयसाथ निगमले अर्न्तराष्ट्रिय उडान तर्फको हवाई इन्धन बिक्री मुल्यमा पनि समान्य घटाएको छ । प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरिएकाे छ । यसरी प्रति किलाेलिटरमा ५० डलर मूल्य कम गरिएकाे छ । तर पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन आन्तरिक तर्फ भने मूल्य समायोजन गरेको छैन ।
