दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ

न्भेष्टाेपेपर । साउन २५, २०८०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताउनु भएकाे छ ।

उहाँले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताउनु भएकाे हाे । सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्,’ उहाँले भन्नुभयाे । यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।

यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिनुभयाे । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उहाँको भनाइ छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *