राष्ट्रपति पौडेलद्वारा सरकार गठन गर्न कानुनविद्‍सँग परामर्श

न्भेष्टाेपेपर । असार २८, २०८१

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गर्नुभएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उहाँले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थाल्नुभएको हो। 

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्‍सँग परामर्श गर्नुभएको हो। 

राष्ट्रपति पौडेलले कानुनविद् पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *