प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच कुराकानी

न्भेष्टाेपेपर । मंसिर ८, २०८१

काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति एलन मस्कबीच आज कुराकानी भएको छ। 

प्रधानमन्त्री ओलीले शुक्रवार साँझ सामाजिक सञ्जाल एक्सका मालिक खर्बपति मस्कसँग कुराकानी गरिरहेको तस्वीरसमेत सार्वजनिक गरेका छन्। क्याप्सनमा प्रधानमन्त्री ओलीले एलन मस्कसँग कुरा गरेको खुलाएका छन्।

भर्चुअल माध्यामबाट भएको कुराकानी के विषयमा थियो भनेर खुलाइएको छैन। स्पेश एक्स  कम्पनीका मालिकसमेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएका छन्।

उक्त विषयमा विगतदेखिनै नेपालमा अधिकारीहरूसँग छलफलसमेत भइरहेको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदको जिम्मेवारी दिएका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *