हेफर, तानसेन नगरपालिका, दुइ गाउँपालिका तथा नबिल बैंकबीच सहकार्य

इन्भेष्टोपेपर । फागुन १७, २०७८

काठमाण्डाैँ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता भएको छ ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रमका प्रमुखअतिथीतथानविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथनबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलताविकासगर्दैआर्थिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवापुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौतापत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीकालागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाकाप्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौतालाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्तीहुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।

नविल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृतीपत्र समेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वोल्दै उहाले आफूलाई ठूला-ठूला कर्जा दिदाभन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउंदा हर्ष लाएको वताउनुभयो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धानदिवशको दिनदिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यस सम्झौतामार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *