रुसी सैनिक तथा बख्तरबन्द गाडीको ६४ किमि लामो लस्कर राजधानी किभतर्फ अघि बढ्दै

इन्भेष्टोपेपर । फागुन १७, २०७८

किभ ।  युक्रेनमा रूसको आक्रमणको आज छैटौं दिन हो। स्याटेलाइट तस्बिरहरुमा ठूलो संख्यामा रूसी सैनिकको समुह हातहतियारसहित राजधानी किभतर्फ अघि बढिरहेको देखिन्छ।

यी स्याटेलाइट तस्बिरहरू सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले करिब ६४ किलोमिटर सडकमा सेना हातहतियारसहित रहेको जनाएको छ।  तस्बिरमा किभको राजधानीबाट लगभग २७ किलोमिटर टाढा एन्टोनोभ एयरपोर्ट नजिकै टैंकहरू कुदिरहेका छन् ।

नयाँ तस्बिरहरूमा दक्षिणी बेलारुसमा सैनिक र युद्धका हेलिकप्टरहरू देखिएका छन् भनेर म्याक्सरले बताएको छ। किभ र अन्य युक्रेनी सहरहरूमा अझै खराब हुन बाँकी रहेको अमेरिकी गुप्तचर एजेन्सीहरूले सोमबार चेतावनी दिएका छन्। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *