कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा नबिल बैंकको सहकार्य

इन्भेष्टोपेपर । पुष २६, २०७८

काठमाण्डाैँ । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. संग सम्झौता गरेको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्वारा यही माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को आयोजना आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि.ले गर्दैछ ।

कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. का तर्फबाट अध्यक्ष श्रीमती सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *