माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

इन्भेष्टोपेपर । पुष २६, २०७८

काठमाण्डाै ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे ।

बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने बताइएको छ । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *