काेराेना अपडेट : ४ हजार ४७ जना नयाँ संक्रमित मध्ये उपत्यकाकै ५५ प्रतिशत

इन्भेष्टाेपेपर । असाैज २७, २०७७

काठमाडौं । पछिल्लाे २४ घण्टामा काेराेना भाइरसबाट ४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३३ हजार ८८० पुगेका छन् । नेपालमा कुल सङ्क्रमित १ लाख ११ हजार ८ सय २ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा उपत्यकामा २ हजार २ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले यो तथ्यांक सार्वजनिक गर्नुभएकाे हाे । 

यसमध्ये काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जना  रहेका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट १ हजार ४ सय ७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेेसम्म ७७ हजार २ सय ७७ जना कोरोनामुक्त भएका छन् भने ६ सय ४५ जनाले ज्यान गुमाएका छन ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार ५३० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४ हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले यो तथ्यांक सार्वजनिक गर्नुभएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *