दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स शीर्ष स्थानमा

इन्भेष्टाेपेपर । असाैज २६, २०७७

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे ७ खेलमा पाँचौं जित निकालेको छ । यूएईमा राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स पुन शिर्ष स्थानमा उक्लेकाे हो ।

दाेश्राे पालीमा व्याटिँग गर्न आएका मुम्बई इन्डियन्सका डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । कप्तान राेहित शर्मा केवल ५ रनमा आउट भए पनि दुवै खेलाडीले क्रमश ३६ र ३२ बलकाे सामना गर्दै समान ५३ रन बनाएर आउट भए ।

यस्तै इशान किशनले केवल १५ बल खेल्दै महत्वपूर्ण २८ रन बनाएर आउट भए । कुर्नाल पाण्डेय १२ रन तथा केइरन पोलार्ड ११ रनमा अविजित रहदै २ बल बाँकिछदै मुम्वइलाइ विजयी बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । यस म्याचसहित राबडाले सबैभनदा धेरै १७ विकेट लिएका छन । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । शिखर धवनले ५२ बलकाे सामना गरि ६९ रन बनाए भाे कप्तान श्रेयस एैयरले ३३ बलमा ४२ रनकाे याेगदान दिएका थिए । मुम्वइ इन्डियन्सकाे लागि कुर्णाल पाण्डेले २ तथा ट्रेन्ट बाेल्टले १ विकेट लिएका थिए ।

जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । रनरेटकाे आधारमा दोस्रो स्थानमा रहेको दिल्लीले पनि ७ खेलमा १० अंक जोडेको छ । यस म्याचका म्यान अफ द म्याच डि कक घाेषित भएकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *