पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ सङ्क्रमित थपिए, १२ जनाकाे मृत्यु

इन्भेष्टाेपेपर । कार्तिक ०३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ४२ सङ्क्रमित थपिएका छन् भने १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३२ हजार २४६ पुगेकाे छ । 

हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ । 

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *