नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल चयन हुनुभएकाे छ । दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिनुभएकाे हाे ।

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्ष पद रिक्त रहेकाले संघको १४ औं साधारण सभाले उपाध्यक्ष पदमा आगामी कार्यकालका लागि दाहाललाई उपाध्यक्षमा चयन गरेकाे हाे ।

यसका साथै कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल तथा सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *