कोरोनाभाइरस अपडेट : विश्वभरि कुन देशमा कति सङ्क्रमण र मृत्यु
इन्भेष्टोपेपर । फागुन २१, २०७६
कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण चीनकाे वुहान शहरबाट शुरूवात भएकाे हाे । अहिलेसम्म संक्रमित र मृत्यु हुनेकाे संख्या पनि चीनकै बढी छ ।
विश्व स्वास्थ्य संगठनकाे मार्च ३, २०२० (फाल्गुण २०, २०७६) सम्मकाे तथ्याँक अनुसार ९०,८९३ जनामा सङ्क्रमण देखिएकाे छ भने ३,१११ जनाले ज्यान गुमाएका छन । विश्वभर सन्त्रास फैलिएकाे छ भने नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।
तर नयाँ सङ्क्रमणकाे बृद्भीमा कमि आएकाे भएता पनि सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। विश्व स्वास्थ्य संगठनकाे डाटा अनुसार नेपालमा पनि एक जनामा सङ्क्रमण देखिएकाे उल्लेख छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ भन्ने विश्व स्वास्थ्य संगठनकाे तथ्याँक यस प्रकार रहेकाे छ ।



