अर्थमन्त्री डा.खतिवडाको राजिनामा स्वीकृत
इन्भेष्टोपेपर । फागुन २१, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । अर्थमन्त्री खतिवडाले मंगलबार उक्त पदबाट राजीनामा दिनु भएकाे हाे । वहाँले सञ्चार सूचना प्रविधि मन्त्रालयको कार्यभार समेत सम्हाल्दै आउनु भएकाे थियाे ।
राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि डा. खतिवडाले राजीनामा दिनु भएकाे थियाे । अन्य १८ जना सभासदहरूकाे पनि हिजैदेखि कार्यकाल सकिएकाे छ ।
खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्माओलीले सम्हाल्ने गरि ताेकिएकाे राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति मार्फत जानकारी गराइएकाे छ ।

