उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

न्भेष्टाेपेपर । वैशाख २८, २०८१

काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभयो ।

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्’ उहाँले भन्नुभयो, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन्। आपसी हितका लागि यी क्षेत्रहरुमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’

उपराष्ट्रपति यादवले विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय उर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु नेपालका लागि उपयोगी छन्’ उहाँले भन्नुभयो, ‘ दीगो शान्ति, स्थायित्व, आर्थिक विकासका लागि हाम्रो अभियान जारी छ । नेपालको विकासको पथमा मित्र राष्ट्र नर्वेको निरन्तर साथ र सहयोग रहनेछ भन्नेमा हामी आशावादी छौँ ।’

उहाँले आपसी हितका विषयहरुमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो । ‘आगामी दिनहरूमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्धका नयाँ आयामहरु थपिँदै जाने र हाम्रो सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा हामीले गरेका छौ ’ उहाँले भन्नुभयो ।

नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनु भयो । उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नर्वेको नीजि लगानीकर्ताहरुलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको समेत बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *