कोभिड–१९ सम्बन्धी गीत ‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक (भिडियोसहित)

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७

काठमाडौँ — युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड–१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेको समस्यालाई गीतमा समावेश गरिएको छ । 

गीतमा गायक सुजन बराइलीको एकल आवाज छ । सो गीत भिडियोसहित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा रमेशविक्रम रत्नको सङ्गीत रहेको छ भने रमेश सेञ्चुरीले सङ्गीत तथा मिक्सिङ गर्नुभएको छ । गीतको भिडियोमा पत्रकार बराइलीले नै निर्देशन तथा छायाङ्कन गर्नुभएको छ ।

गीतको वीरेन्द्र भाट बिपिनले सम्पादन गर्नुभएको छ । उक्त भिडियोमा मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय छ । सो गीतलाई मल्लाजी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *