नेपाल धितोपत्र बोर्डले २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७८
काठमाडौं । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बोर्डले २८ औं वार्षिकोत्सव भर्चुअल माध्यम मार्फत विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।
धितोपत्र बोर्डले मंगलवार विहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाउन लागेको हो ।
कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतको सहभागिता रहने बोर्डले बताएको छ ।
सोही अवसरमा बोर्डले नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव विशेषांक लेख- २०७८ सार्वजनिक गर्ने छ । साथै, बाेर्डले २०७७/०७८ सालकाे पत्रकारिता पुरस्कार समेत घाेषणा गर्ने कार्यक्रम रहेकाे छ ।
