विश्वभर १७ लाखमा संक्रमण, अमेरिकामा मात्रै ५ लाख : दैनिक करीब १ लाख थपिदै

इन्भेष्टोपेपर । चैत्र २९, २०७६ 

काठमाडौं । वल्ड्राेमिटरकाे तथ्याँक अनुसार कोभिड-१९ का कारण विश्वभर संक्रमितको संख्या १६ लाख ९८ हजार ८ सय ३५ पुगेको छ भने दैनिक थपिने नयाँ संक्रमितकाे संख्या करीब १ लाख पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ९४ हजार ६ सय २५ जनामा संक्रमण भएकाे पुष्टि भएकाे छ । यसैगरि हिजाेसम्म मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ८४ पुगेको छ ।

अमेरिकामा मात्र ५ लाख २ हजार ८ सय ७६ जना सक्रमित भेटिएकाछन, जुन विश्वभरका कुल संक्रमितकाे २९.६० प्रतिशत हाे । पछिल्लाे २४ घण्टामा ९४ हजार ६ सय २५ जना नयाँ संक्रमित भेटिएका मध्ये ३३ हजार ७ सय ५२ जना अर्थात ३५.६६ प्रतिशत अमेरिकाका संक्रमणकाे शिकार भएका छन ।

मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेकाे भएता पनि अमेरिकाकाे संकेमण र मृतक संख्या दिनानुदिन बढेकाले दूरी निकै साँघुरिएकाे छ । इटालीकाे मृतक संख्या १८ हजार ८ सय ४९ पुगेको छ भने अमेरिकाकाे १८ हजार ७ सय ४७ रहेकाे छ । चार दिन अघि इटालीमा १७ हजार १ सय २७ जनाकाे मृत्यु भएकाे थियाे भने अमेरिकामा १२ हजार ८ सय ४१ जनाकाे देहावसान भएकाे थियाे ।

worldometer dated 04-10-2020 GMT

हिजाेकाे तथ्याँक हेर्ने हाे भने संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै मानिसकाे ज्यान गएकाे छ। कुल ६ हजार ९ सय ७१ जनाकाे निधन भएकाेमा अमेरिकामा मात्र २ हजार ३५ जनाकाे काेभिड-१९ का कारण मृत्यु भएकाे छ ।

यसैगरि फ्रान्स र वेलायतमा पनि निकै तेजीकासाथ राेग फैलिएकाे छ । फ्रान्समा मृतक संख्या १३ हजार १ सय ९७ पुगेको छ भने संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ । हिजाे मात्रै ७ हजार १ सय २० जनामा नयाँ संक्रमण देखिएकाे छ भने ९ सय ८७ जनाकाे मृत्यु भएकाे छ ।

यसैगरि बेलायतमा मृतक संख्या ८ हजार ९ सय ५८ र संक्रमितको संख्या ७३ हजार हजार ७ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरूमा बेल्जियमकाे मृत्युदर र संकेमितहरूकाे संख्यामा बृद्धी भै १० राष्ट्र भित्र समेटिएकाे छ । पछिल्लाे २४ घण्टामा ४ सय ९६ जनाकाे मृत्यु भएकाे छ भने मृतककाे संख्या ३ हजार १९ जना पुगेकाे छ ।

चीन र दक्षिण काेरियामा निकै सुधार देखिएकाे छ । यी दुवै देशमा नयाँ संक्रमण र मृत्यु २ – ४ जनामा सिमित हुदैछ । हिजाे २४ घण्टामा चीनमा १ जना र काेरियामा ४ जनाकाे मृत्यु भएकाेछ । इरानकाे अवस्थामा सुधार देखिएकाे छ । यता यूराेपियन अन्य देशहरू सहित भारतमा पनि संक्रमण बिस्तारै बढीरहेकाे छ । पछिल्लाे २४ घण्टामा भारतमा ८ सय ७५ जना नयाँ संक्रमित थपिएर ७ हजार ६ सय जना पुगेकाछन भने थप २२ जनाकाे मृत्यु भै मृतककाे संख्या २ सय ४९ पुगेकाे छ ।

worldometer dated 04-10-2020 GMT

त्यस्तै ३ लाख ७६ हजार ३ सय २३ जना निको भएका छन् भने १ लाख २ हजार ७ सय ३४ जनाकाे मृत्यु भएकाे छ । यस हिसावले ७९ प्रतिशत बिरामी निकाे भएर घर फर्किएका छन भने २१ प्रतिशतले मृत्युवरण गरेकाछन ।

यसैगरी ११ लाख ७० हजार ६ सय ७४ जना अद्यापि रहेका बिरामीहरू मध्ये ४ प्रतिशत अर्थात ४९ हजार ८ सय ३० जनामा कडा संक्रमणका लक्षणहरू देखिइकाे हुँदा मृत्युसंग जुधिरहेकाछन् । यसरी सिरीयस विरामीहरूकाे संख्या भने खासै बृद्धी भएकाे छैन, नयाँ संक्रमितहरूकाे संख्यामा उल्लेख्य बृद्धी धएकाले याे प्रतिशत ५ बाट ४ मा झरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *