सनराइज बैंकको २०७७ सालको क्यालेन्डर अनलाइनबाट सार्वजनिक

इन्भेष्टोपेपर । चैत्र २९, २०७६ 

सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले Discovering Nepal विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने निधो गरेको छ । सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइटबाट हेर्न र डाउनलोड गर्न सक्ने छन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । Lockdown र work from home लाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले video conferencing मार्फत सार्वजनिक गरिएको हो ।

बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहजतालाइ प्राथमिक्ता दिदैं आएको र आउने दिनहरुमा पनि दिदैं जाने जनाएको छ ।

पुनश्चः – बैंकले प्रकाशित गरेकाे नयाँ वर्ष २०७७ सालकाे क्यालेण्डर डाउनलाेड गर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *