चीनले नेपाललाई १० लाख मात्रा कोभिड खोप अनुदान सहयाेगमा उपलब्ध गराउने
इन्भेष्टोपेपर । जेष्ठ १३, २०७८
काठमाण्डाैं । चीन सरकारले नेपाललाई १० लाख मात्रा कोभिड खोप प्रदान गर्ने घोषणा गरेका काठमाण्डूस्थित चिनियाँ दूतावासले जनाएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी चीनका राष्ट्रपति सी जिनपिङसंग वार्तालाव एवं सहयाेगकाे लागि अनुराेध गरेपछि चीनले खाेप उपलव्ध गराउने भएकाे हाे ।
नेपालका लागि चीनकी राजदूत होउ याङ्चीले ट्विटरमार्फत उक्त घोषणाको पुष्टि गर्दै चीनले अनुदान सहयोगमा खोप उपलब्ध गराउने जनाएनु भएकाे छ ।
यसैगरि, नेपालको परराष्ट्र मन्त्रालयले पनि एक प्रेस विज्ञप्तिमार्फत दुई राष्ट्रपतिबीच कुराकानी भएको विवरण सार्वजनिक गरेको छ।
विज्ञप्तिमा राष्ट्रपति भण्डारीले चीनबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्नका लागि चिनियाँ सरकारले सहजीकरण गरिदिन पनि चिनियाँ समकक्षीसँग आग्रह गरेको जनाइएको छ।
