नेकपा एकीकृत समाजवादीको घोषणा पत्रः ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति
इन्भेष्टाेपेपर । कार्तिक १४, २०७९
काठमाण्डाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले आज चुनावी घोषणपत्र सार्वजनिक गर्दै उक्त नीति लिने घोषणा गरेको हो ।
‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरि व्यवस्था मिलाइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
‘यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि शेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।
हेर्नुहाेस एकिकृत समाजवादीकाे घाेषणा पत्रकाे पूर्ण पाठः
