क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरकाे शपथग्रहण

न्भेष्टाेपेपर । वैशाख १५, २०८१

काठमाण्डाैँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित ऋषिराज मोरलाई कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

अध्यक्ष पदमा चयन पश्चात, कम्पनीका अध्यक्ष ऋषिराज मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको थियो ।

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *